जनप्रतिनिधिलाई रेडक्रसले गर्यो सम्मान

तुलसीपुर, १ साउन । नेपाल रेडक्रस सोसाईटि जिल्ला शाखा दाङले आईतवार तुलसीपुरमा एक कार्यक्रमको आयोजना गरी तुलसीपुर उपमहानगरपालिकाका नवनिर्वाचित मेयर,उपमेयर सहित जनप्रतिनिधिहरुलाई सम्मान गरीएको छ ।

जिल्ला सभापति नारायण प्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा नगरका मेयर घनश्याम पाण्डेले अवको पाँच वर्ष भित्र तुलसीपुर नगरलाई नमुना योग्य बनाउने बताउनु भएको छ । नगरका पुराना भएका संरचनाहरुलाई परिमार्जित गरी समृद्धि,सुन्दर ,हरियाली,सफा बनाउने बताउनु भएको थियो ।

सो अवसरमा उपमेयर माया आचार्य, वडा नं. ५ का वडा अध्यक्ष विरेन्द्र शाह,सदस्य सुरेस श्रेष्ठ,वडा नं. ६ का वडा अध्यक्ष नवराज लामीछाने,वडा नं. ३ का वडा सदस्य गोविन्द अधिकारीलाई स्वागत तथा सम्मान गरीएके थियो । सो अवसरमा वोल्ने अन्य बक्ताहरुले तुलसीपुरमा ब्लड बैंक छिटै सन्चालन गर्नु पर्ने बताएका थिए ।

रेडक्रसले सन्चालन गर्न लागेको रक्त सन्चारलाई तत्काल कार्यन्वयन गर्न आग्रह समेत गरेका थिए । जिल्ला उपाध्यक्ष भरतमणि ढकालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा रेडक्रसका संस्थापक नवराज रजौरे,उपमेयर माया आचार्य,वडा अध्यक्षहरु शाह र लामीछाने लगाएतले वोल्नु भएके थियो ।

कार्यक्रममा रेडक्रसका कार्यक्रम अधिकृत विश्राम अधिकारीले रेडक्रसको गतिविधिवारेमा जानकारी गराउनु भएको थियो भने कार्यक्रमको सहजीकरण जिल्ला सदस्य प्रकास श्रीबन्दले गर्नु भएको थियो ।

प्रकाशित मिति : २०७४ साउन १ गते आइतवार
प्रतिक्रिया