विदेशबाट नेपाल आउने नागरिकले कोरोना रिपोट पेश गर्नुपर्ने

दाङ, १८ माघ । जिल्ला प्रशासन कार्यालय दाङले आईतवार एक सार्वजनिक सुचना जारी गदै विदेशबाट नेपाल आउने जोसुकै नागरिकले कोरोना सावधानी अपनाउन आग्रह गरेको छ । कोरोना भाईरस संक्रमणको नयाँ भेरियन्ट संक्रमण भएका मुलुकबाट नेपाल आगमन गर्ने नागरिकले सिमानाकामा रहेको स्वास्थ्य डेक्समा ७२ घण्टा भित्रको कोरोना रिपोट नेगेटिभ आएको रिपोट पेश गर्नुपर्ने जारी सुचनामा उल्लेख छ ।

सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जिवी रानाले सुचना जारी गदै गएको माघ ११ गतेको मन्त्रिपरिषदको बैठकले विदेशबाट नेपाल आगमन हुने यात्रुहरुको स्वास्थ्य सुरक्षा तथा क्वारेन्टिन सम्वन्धी आदेश २०७७ स्वीकृती भएको हुदा सोहि अनुसार सिसिएमसिको वेवसाईटबाट स्थलमार्ग हुदै नेपाल प्रवेश गर्ने नागरिकले अनलाईन फारम भर्ने र सोको बारकोट प्रिन्ट गरी साथमा राख्नुपर्ने, यदि कुनै कारणबास फारम भर्न छुटेमा सिमानाकामा स्वास्थ्य परिक्षण गर्दा फारम भर्नुपर्ने उल्लेख छ ।

यस्तैगरी सिसिएमसीले कोरोना लक्षण देखीएका नागरिकलाई आईसोलेसन केन्द्र वा अस्पतालमा राख्ने र अन्य नागरिकलाई सम्वन्धित स्थानिय तहको समन्वयमा कम्तिमा १० दिन होम आईसोलेसनमा बस्ने व्यवस्था मिलाउन पनि जारी सुचनामा भनिएको छ ।

प्रकाशित मिति : २०७७ माघ १८ गते आइतवार
प्रतिक्रिया