तुलसीपुरमा १२० जनाले कोरोना विरुद्ध खोप लगाए

तुलसीपुर, १५ माघ । दाङमा विहिवार पनि कोरोना विरुद्धको खोप लगाईएको छ ।बुधवार बाट सुरु भएको खोप अभियान कार्यक्रम अन्र्तगत राप्ती प्रादेशिक अस्पतालमा विहिवार १२० जनालाई कोरोना विरुद्धको खोप दिईएको छ ।

तुलसीपुर उपमहानगरपालिका कोभिड १९ फोकल पर्सन बिमल केसीका अनुसार अस्पतालमा ९३ जना स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वंयम सेविका र चालक १\१ जना र सरसफाईकर्मी तथा कर्मचारी गरी अन्य २५ जनालाई पनि कोरोना विरुद्धको खोप दिईएको हो ।बुधवार अस्पतालबाट ८७ जनालाई खोप दिईएको थियो ।

अब पालिका स्तरका स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वंयम सेविकालाई पनि खोप दिन सुरु गरिएको छ । तुलसीपुर उपमहानगरपालिका सहित पश्चिम दाङको बबई गाउँपालिका, शान्तीनगर गाउँपालिका र दंगीशरण गाउँपालिकाको खोप केन्द्र प्रादेशिक अस्पताललाई तोकिएको छ ।

प्रकाशित मिति : २०७७ माघ १५ गते बिहिवार
प्रतिक्रिया