रोल्पामा फेरी रोकियो बालविवाह

दाङ, १५ माघ । जिल्ला प्रहरी कार्यालय रोल्पाको सक्रियतामा फेरी अर्को बालविवाह रोकिएको छ । दाङकी १४ बर्षिया एक बालिका र रोल्पा नगरपालिका ४ का २४ बर्षिय एक युवक विच हुन लागेको बालविवाह रोकिएको प्रहरी निरीक्षक सन्तोष केसीले जानकारी दिएका छन् ।

उनीहरुले भागी विवाह गर्न लागेको भन्ने गोप्य सुचनाको आधारमा गएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएर अभिभावकहरु संग छलफल गरी उमेर पुगेपछि मात्रै विवाह गर्ने सहमतीमा छोडेको प्रहरी निरीक्षक केसीले जानकारी दिएका छन् । यस अघि पनि जिल्लाको सुनिल स्मृति गाउँपालिकामा एउटा बालविवाह रोकिएको थियो ।

प्रकाशित मिति : २०७७ माघ १५ गते बिहिवार
प्रतिक्रिया