दाङमा बुधबार दुई सय भन्दा बढिलाई कोरोना विरुद्धको खोप लगाइयो

दाङ, १४ माघ ।दाङमा बुधबार २०७ जनालाई कोरोना विरुद्धको खोप लगाइएको छ ।पहिलो चरणमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा १२० जनालाई र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ८७ जनालाई खोप लगाइएको हो ।

तुलसीपुर उपमहानगरपालिका कोरोना फोकल पर्सन बिमल के.सी.का अनुसार राप्ती प्रादेशिकमा ५६ जना चिकित्सक र स्वास्थ्यकर्मी, ३१ जना सरसफाईकर्मी र कर्मचारी गरि ८७ जनालाई खोप लगाइएको हो । भोलि पनि सोहि अनुसारले खोप लगाइने के.सीले जानकारी दिएका छन् । बुधबार देखि सुरु भएको खोप कार्यक्रम आगामि २४ गते सम्म जारी रहने बताइएको छ ।

प्रकाशित मिति : २०७७ माघ १४ गते बुधवार
प्रतिक्रिया