चितवनमा स्कुलबसले मोटरसाइकललाई ठक्कर दिँदा दुईको ज्यान गयो

चितवन,  १३माघ ।  चितवनको रत्ननगर नगरपालिका १० मा स्कुलबसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ । सनराइज विद्यालयको बा २ ख ५६७४ नम्बरको बसले बा ९२ प ५३०४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सोलुखुम्बुका २४ वर्षका अनिल मगर र मोटरसाइकलको पछाडि बस्ने सुनसरी घर भएका गौरव राईको ज्यान गएको प्रहरीले जनाएको छ ।

उहाँहरुको पुरानो मेडिकल कलेज भरतपुर उपचारका क्रममा बिहान सवा ९ बजे ज्यान गएको हो ।

प्रकाशित मिति : २०७७ माघ १३ गते मङ्गलवार
प्रतिक्रिया