निर्वाचन आयोगको निर्णयपछि नेकपाका दुबै पक्ष फरक–फरक रणनीतिमा 

काठमाण्डौं, १३ माघ ।निर्वाचन आयोगले नेकपाका दुबै पक्षले चलाएका अभियान र गरेका नियुक्तिलाई अवैधानिक ठहर गरेपछि नेकपाका दुबै पक्षका नेताहरु फरक रणनितिका साथ प्रस्तुत हुने तयारीमा जुटेका छन् । निर्वाचन आयोगले कानुनी रूपमा नेकपा विभाजित नमानिने निर्णय गरेपछि दुबै पक्षका नेताहरु फरक रणनितिका साथ प्रस्तुत हुने तयारीमा लागेका हुन् ।

कतिपय नेताहरुले अब नेकपा एक हुनुपर्ने बताउन थालेका छन् भने जिल्लामा एकताका लागि पहल गर्ने गरि अभियान सुरु भएको छ । नेकपा ओली समूहका नेता ईश्वर पोखरेलले दुई शर्तमा मात्रै पार्टी एकता हुनसक्ने बताउनुभएको छ । हिजो आयोजित पत्रकार सम्मेलनमा पोखरेलले २८ कात्तिकमा दर्ता भएको आरोप पत्र फिर्ता लिन र चुनावमा सहभागी हुन सहमत भए पार्टी एकता हुनसक्ने बताउनुभयो ।

प्रकाशित मिति : २०७७ माघ १३ गते मङ्गलवार
प्रतिक्रिया