ज्यानमार्ने धम्की दिने शिक्षकलाई कारबाही गर्न माग

तुलसीपुर, १२ माघ । दाङको राजपुर गाउँपालिका वडा नम्वर ७ का वडा अध्यक्ष ७२ बर्षिय भिम बहादुर खड्कालाई ज्यान मार्ने धम्की दिने सिक्टा माध्यामिक विद्यालयका प्रधानाध्यापक विष्णु खत्री माथी कारवाही गर्न माग गरिएको छ । नेपाल दलित विधार्थी सघं दाङले एक विज्ञप्ती जारी गदै बिद्यालयमा अध्ययनरत एक विद्यार्थीको सारर्टिफिकेटमा फरक परेको नाम सच्याउने बाहानामा वडा कार्यालय भित्रै गालीगलोज गरी ज्यान मार्ने धम्की दिने खत्री माथी कारवाही गर्न माग गरेको हो ।

संघका जिल्ला अध्यक्ष कलसिंङ विकले जारी गरेको विज्ञप्तीमा घटनाको भत्र्सना गर्दै वडा अध्यक्षलाई धम्की दिने प्रअ माथी कारवाहीको माग गरिएको छ । यस्तैगरी वडा अध्यक्ष खड्कालाई धम्कि दिएको प्रती नेपाली काग्रेंस राजपुरले घोर भत्सर्ना गरेको छ ।

गाउँ ईकाई सभापति शरद कुमार बुढाथोकीले एक विज्ञप्ती जारी गदै शिक्षक जस्ता मर्यादित पेशामा रहेर अभद्र व्यवहार गर्नु राम्रो पक्ष नभएको भन्दै धम्की दिने शिक्षकलाई कारबाहीको माग गरेका छन् ।

प्रकाशित मिति : २०७७ माघ १२ गते सोमवार
प्रतिक्रिया