रोल्पामा प्रहरीले राक्यो बाल विवाह

दाङ, १० माघ । रोल्पामा एउटा बाल विवाह रोकिएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार रोल्पा नगरपालिका वडा नम्वर ३ मा १७ बर्षिया एक किशोरी र २३ बर्षिय एक युवक बिच हुन लागेको विवाह राकिएको हो ।

रोल्पा नगरपालिका वडा नम्वर ३ मा १७ बर्षिया किशोरी र सुनिल स्मृति गाउँपालिका २ बस्ने २३ बर्षिय किशोर विच विवाह हुन लागेको छ भन्ने गोप्य सुचनाको आधारमा गएको प्रहरीको टोलीले बालविवाह रोकेको प्रहरी निरीक्षक सन्तोष केसीले जानकारी दिएका छन् ।

केटा र केटि दुवै पक्षका अभिभावकलाई सम्झाई बुझाई गरी उमेर पुगेपछि विवाह गर्ने सहमतीमा उनीहरुलाई अभिभावकको जिम्मा लगाईएको हो ।

प्रकाशित मिति : २०७७ माघ १० गते शनिवार
प्रतिक्रिया