
दाङ, १० माघ । रोल्पाको एक भिरमा आमाछोरी मृत अवस्थामा फेला परेका छन् । जिल्लाको सुनिलस्मृति गाउँपालिका ३ गोराखरे भिरमा स्थानिय ४२ वर्षीया सिमा घर्ति र उनका दुई वर्षीया छोरी हरिसाको शव फेला परेको छ । गोराखरे भिरको गोरेटो बाटोदेखि दुई सय मिटर तल भिरालो जमिनमा अडिएको अवस्थामा शुक्रवार दिउँसो स्थानियले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
भिरबाट लडेर मृत्यु भएको भनेता पनि घटनाको प्रकृति हेर्दा हाम फालेर मृत्यु भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुसन्धान गरेको छ । गोरेटो बाटो देखी झन्डै तिन सय मिटर तल फेला परेका आमाछोरीको शव डेढ सय मिटरको फरकमा फेला परेको हो ।
उनीहरुको शव केहि दिन अघिको रहेको र शरीरको केहि भाग जंगली जनावरले खाएको अवस्थामा फेला परेको हो ।उनीहरु गएको पौष २८ गतेदेखी घरबाट निस्किएका थिए । उनको श्रीमान्को दुई वर्ष निधन भईसकेको थियो ।
प्रकाशित मिति : २०७७ माघ १० गते शनिवार