चौधरीको हत्या आरोपमा दाङमा तीनजना पक्राउ

तुलसीपुर, ९ माघ । दाङमा एक जनाको हत्या गरेको आरोपमा तीन  जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । गत विहिवार दिउँसो राप्ती गाउँपालिका ६ बस्ने बर्ष ४० को मोतिलाल चौधरीको हत्या गरेको आरोपमा सोहि वडाका ४८ बर्षिय मनिराम चौधरी, ३८ बर्षिय धन बहादुर चौधरी र ३३ बर्षिय मोतिलाल चौधरी गरी तिन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

आरोपीहरुले चौधरीलाई घर अगाडी मकै बारीमा दाउराको चिरपटले टाउकोमा प्रहार गरी कुलोमा फालेका थिए । घटनाको अनुसन्धान गदै जाँदा उनीहरुले पुरानो रिसईवीका कारण हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ । घटनाको विषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । उनिहरुले लखेटी लखेटी चौधरीको विभत्स हत्या गरेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७७ माघ ९ गते शुक्रवार
प्रतिक्रिया