शुक्रवार थप ३ सय २ जना कोरोना संक्रमित थपिए

काठमाण्डौ, ९ माघ । देशभर चार सय ८० जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रवार वेभसाइट मार्फत ्दिएको जानकारी अनुसार नेपालमा हाल सम्मकूल दुई लाख ६३ हजार तीन सय ४८ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् ।

यसरी कोरोना सङ्क्रमणबाट मुक्तहुनेको सङ्ख्या कूल सङ्क्रमितमध्ये ९७ दशमलब९२ प्रतिशत रहेको छ। केही दिनयता यो प्रतिशत बढ्दो क्रममा छ । यस्तै, शुक्रवार देशभर ३ सय २ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

३ हजार ५ सय ४५ जनाको पीसीआर परीक्षण गर्दा १३३ जनामहिला र १६९ पुरुषमा सङ्क्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा सङ्क्रमितको कूल संख्या २ लाख ६८ हजार ९४८ पुगेको छ ।

प्रकाशित मिति : २०७७ माघ ९ गते शुक्रवार
प्रतिक्रिया