आर्थिकक्रान्ती बिना जातिय र बर्गिय मुक्ति हुदैन : पुर्व मन्त्री शर्मा

तुलसीपुर, ९ माघ । नेकपाका नेता तथा पुर्व मन्त्री जनार्दन शर्माले जातिय मुक्तीका लागी दलित समुदायहरु आर्थिक रुपमा बलियो हुनुपर्नेमा जोड दिएका छन् । आर्थिक क्रान्ती बिना दलित समुदायको मुक्ति र उत्थान हुन नसक्ने बताउदै उनले उनीहरुको आर्थिक विकास र शशक्तिकरणका लागी राज्यले विशेष कार्यक्रम ल्याउनु पर्ने उनको भनाई छ ।

तर राज्यले सर्वहारा बर्ग, जातिय उत्पिडित बर्गको लागी केहि गर्न नसकेको आरोप लगाएका छन् । नेपाल दलित मुक्ति संगठन जिल्ला कार्यदलले शुक्रवार तुलसीपुरमा आयोजना गरेको जिल्ला स्तरिय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गदै उनले यस्तो बताएका छन् ।

हिजोको सामान्तीवादीहरुले दलितलाई थिचोमिचोमा पारेको बताउदै उनले बर्गिय र जातिय मुक्तिका लागी इतिहासमा ठुलाठुला आन्दोलनकै कारण अहिले समाबेशी ,समानुपातिक शिद्धान्त सविधानले व्यवस्था गरेको बताएका छन् ।सविधानमा दलित समुदायको राजनितिक, आर्थिक,शिक्षा ,स्वास्थ्य लगाएतको सवैको अधिकार सुनिश्चित गरेता पनि राज्यले व्यवहारमा प्रभावकारी कार्यन्वयन गर्न नसकेको बताएका थिए ।

प्रकाशित मिति : २०७७ माघ ९ गते शुक्रवार
प्रतिक्रिया