रोल्पामा रुखले च्यापेर एक जनाको मृत्यु

फाइल फाेटाे

तुलसीपुर, ८ माघ । रोल्पामा सल्लाको रुखले च्यापेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको गंगादेव गाउँपालिका–३ बडाढुङ्गा निबासी ४९ बर्षका महेश कुमार केसी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

खानीपाटाको जंगलमा दाउरा गएको क्रममा दिउसो साढे तीनबजे रुखले च्यापेर घाइते भएका केसीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा  राती ९  बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक प्रसाद शर्माले जानकारी दिए ।

प्रकाशित मिति : २०७७ माघ ८ गते बिहिवार
प्रतिक्रिया