राप्ती लाइफको अर्को फड्को, दूरविन विधिबाट शल्यक्रिया

तुलसीपुर, ८ माघ ।  दूरविन विधिबाट राप्ती लाइफ केयर हस्पिटल तुलसीपुरमा पित्तथैलीको सफल शल्यक्रिया गरिएको छ । तुलसीपुर उपमहानगरपालिका–६ निबासी १४ बर्षकी एक बालिकाको बुधबार साँझ शल्यक्रिया गरिएको अस्पतालका निर्देशक जीवन भण्डारीले जानकारी दिए । शल्यक्रियामा डा. सुशिल खनिया, डा. रुपेश महतो, नर्स खिमा डाँगी, विमला बुढामगर र यसोदा केसीको सहभागिता रहेको थियो ।
तुलसीपुर क्षेत्रमा दूरविन विधिबाट शल्यक्रिया गरिएको यो पहिलोपटक भएको निर्देशक भण्डारीले दाबी गरे । पेट चिरेर गरिने शल्यक्रिया भन्दा यो दूरविन विधि सजिलो र भरपर्दो मानिन्छ। जसका कारण चिर्नुपर्ने, भर्ना हुनु पर्ने र घाउ पाक्ने समस्याको अन्त्य भएको अस्पतालले बताएको छ । केहि समय अघि मात्र अस्पतालले ५० लाख लागतमा मेसिन ल्याएको थियो । यसैगरी अस्पतालमा एनआइसीयु सहितको बाल रोग विशषज्ञ सेवा समेत सुरु भएको छ । अस्पतालले एकपछि अर्को गर्दै सेवा विस्तार गर्न थालेपछि नागरिककाे पनि चाप पढ्न थालेकाे छ ।

प्रकाशित मिति : २०७७ माघ ८ गते बिहिवार
प्रतिक्रिया