बिहिबार ३३६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, ८ माघ । पछिल्लो २४ घण्टामा थप ३३६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।देशभरका प्रयोगशालामा ५ हजार ३० नमुना परीक्षण गर्दा १२२ महिला र २१४ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या २ लाख ६८ हजार ६४६ पुगेको छ । उनीहरुमध्ये २ लाख ६२ हजार ८६८ जना संक्रमणमुक्त भएका छन् भने १९७९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २०७७ माघ ८ गते बिहिवार
प्रतिक्रिया