नेपाललाइ भारतले दियो कोरोना भाइरस विरुद्धको खोप अनुदान

सांकेतिक फाईल फोटो

काठमाण्डौं, ७ माघ ।भारत सरकारले नेपाललाई १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप अनुदान दिएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले आज आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिए। अनुदानको खोपभोली देखि नै आउन थाल्ने पनि उनले बताए । पहिलो चरणमा स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक र सुरक्षाकर्मीलाई खोप दिइने मन्त्री त्रिपाठीले बताए। मन्त्री त्रिपाठीले खोप ल्याउने सबै तयारी पूरा भएको पनि बताए।

खोप अनुदानमा दिएकामा भारत सरकारलाई उनले धन्यवाद पनि दिए । यो नेपाल र भारतबीचको मित्रताको अनुपम उदाहरण भएको उनले बताए । आगामी दिनमा खोपको खरिदमा भारत सरकारको सहयोग अत्यन्त महत्वपूर्ण हुने पनि उनले बताए नेपालले खोप खरिदको पनि तयारी गरिरहेको र त्यसका लागि आर्थिक र प्रशासनिक कुनै जटिलता नरहेको दावी पनि उनले गरे ।

प्रकाशित मिति : २०७७ माघ ७ गते बुधवार
प्रतिक्रिया