घरेलु मदिरा बनाउन प्रयोग हुने ८५ किलो कच्चा पर्दा बरामद

दाङ, ७ माघ । प्रहरीले घरेलु मदिरा बनाउन प्रयोग गरीने ८५ किलो कच्चा पदार्थ मर्चा बरामद गरेर नष्ट गरेको छ । प्रहरी चौकी कपुरकोटले
दाङबाट सल्यानको श्रीनगर तर्फ जाँदै गरेको रा १ ख १९९४ नम्वरको मिनि ट्र्कमा चेकजाँच गर्नेक्रममा उक्त कच्चा पर्दाथ फेला पारेको हो ।

ट्रकमा लुकाइ छिपाइ लग्दै गरेको अवस्थामा कपुरकोट चेक पोस्टमा चेकजाँच गर्दा जाँड बनाउन प्रयोग हुने ७० किलो मर्चा र प्रहरीको गस्ती टोलीले कपुरकोट ४ किमुचौरबाट मर्चा तयार गर्दै गरेको कच्चा पदार्थ १५ किलो गरी जम्मा ८५ किलो बरामद गरि बुधवार नष्ट गरेको प्रहरी चौकी कपुरकोटका प्रहरी नायव निरीक्षक याम बहादुर बस्नेतले जानकारी दिएका छन् ।

बरामद गरिएको कच्चा पदार्थ कपुरकोट ३ का वडा अध्यक्ष मीन ब सेन, पत्रकार र स्थानिय व्यापारी लगाएतको रोहबरमा कच्चा पदार्थ नष्ट गरिएको हो ।

प्रकाशित मिति : २०७७ माघ ७ गते बुधवार
प्रतिक्रिया