आगलागीबाट गम्भिर घाईते तुलसीपुरका ओलीको उपचारकै क्रममा निधन

तुलसीपुर, ७ माघ । आगलागीबाट गम्भिर घाईते भएका तुलसीपुर उपमहानगरपालिका–१७ वनकट्टा निबासी ४० बर्षका बसन्त वलीको उपचारकै क्रममा गएराती निधन भएको छ । गएको माघ १ गते सिलिण्डर ग्यास लिक भएर आगलागि हुँदा उनी र उनका श्रीमती ३५ बर्षकी गिता वली गम्भिर घाईते भएका थिए ।

उनीहरुको किर्तिपुर बर्निङहर्ट अस्पतालमा उपचार भईरहेको थियो । तर उपचारको क्रममा बसन्तको मंगलवार राती साढे नौ बजे निधन भएको उनको पारिवारिक श्रोतले जानकारी दिएको छ । गिताको भने सोहि अस्पतालमा उपचार भईरहेको छ ।

कुखुराका बच्चा निकाल्नका लागि तापक्रम दिनका लागि ग्यास बाल्ने क्रममा अचानक ग्यास  लिक भएर आगलागी भएको थियो । आगलागीमा परि घाईते भएका दुबै जनालाई राप्ती लाइफ केयर हस्पिटलमा सामान्य उपचारपछि थप उपचारका लागि हेलिकप्टर मार्फत काठमान्डौ लगिएको थियो ।

प्रकाशित मिति : २०७७ माघ ७ गते बुधवार
प्रतिक्रिया