
काठमाण्डौ, ७ माघ । भारतले नेपाललाई अनुदानमा उपलब्ध गराउने कोरोना विरुद्धको खोप यो हप्ता भित्रै नेपाल आइपुग्ने भएको छ ।खोप ल्याउने बारे थप जानकारी दिन बुधवार दिउँसो स्वास्थ्य मन्त्री हृदयश त्रिपाठी तथा भारतीय राजदूत विनयमोहन क्वात्राले संयुक्त रुपमा
पत्रकार सम्मेलन गर्ने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिर अधिकारीले जानकारी दिए । पत्रकार सम्मेलनमा नै भारतबाट ल्याउने खोपको मात्रा र समय बारे जानकारी दिइने तयारी भएको उनले जानकारी दिए ।
भारतले बुधवारदेखि क्रमिक रूपमा नेपालसहित माल्दिभ्स, बंगलादेश, भुटान, म्यानमारलगायतका देशलाई खोप अनुदानमा उपलब्ध गराउने प्रक्रिया अघि बढाउने जनाएको छ ।
उज्यालोबाट साभार गरिएको
प्रकाशित मिति : २०७७ माघ ७ गते बुधवार