दाङको श्रीगाउँमा जिपले बालिकालाई ठक्कर दियो

तुलसीपुर, ६ माघ  / पश्चिम दाङमा जीपले ठक्कर दिदा एक बालिका घाइते भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
घाइते हुनेमा दंगीशरण गाउँपालिका–७ बुटीपुर निबासी १६ बर्षकी आशीका सुनार रहेको प्रहरीले बताएको छ । घाइते बालिकाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

तुलसीपुरबाट रगैचा जाँदै गरेको रा१ज ५८८ नम्बरको जीपले श्रीगाउँमा ठक्कर दिएको प्रहरी निरीक्षक झलक प्रसाद शर्माले जानकारी दिए ।

प्रकाशित मिति : २०७७ माघ ६ गते मङ्गलवार
प्रतिक्रिया