नेपालमा ३ जनामा नयाँ प्रजातिको कोरोना संक्रमण पुष्टि

काठमाण्डौ, ५ माघ । नेपालमा ३ जनामा नयाँ प्रजातिको कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २८ वर्षीया एक महिला तथा ६७ र ३२ वर्षीय पुरुषमा नयाँ प्रजातिको कोरोना भाइरस पुष्टि भएको हो ।

मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै ३ जनामध्ये २८ वर्षीय महिला ३२ वर्षीय पुरुषको हाल आरटी पीसीआर रिपोर्ट नेगेटिभ भएता पनि अर्का ६७ वर्षीय पुरुष भने अझै पनि पोजेटि नै रहेको जनाएको छ ।

उनीहरुमा नयाँ प्रजातिको कोरोना आशंका भएपछि नमुना परीक्षणका लागि हङकङ पठाइएको थियो । संक्रमित उनीहरु सबै केहि समय अघि बेलायतबाट नेपाल आएका थिए ।

प्रकाशित मिति : २०७७ माघ ५ गते सोमवार
प्रतिक्रिया