एम्बुलेन्स र अटो ठोक्किँदा दुई जनाको मृत्यु

झापा, ५ माघ । झापाको दमकमा सोमबार बिहान एम्बुलेन्स र अटो ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । ट्राफिक प्रहरीका अनुसार पूर्वपश्चिम राजमार्गको दमक– ४ स्थित ताराबारी सडकखण्डमा पूर्वबाट पश्चिम जाँदै गरेको मे१च १२४६ नम्बरको सुत्केरी बोकेको एम्बुलेन्स र विपरीत दिशाबाट आउँदै गरेको अटो रिक्सा एकापसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको हो ।

दुर्घटनामा परि अटो रिक्सा चालक मोरङ जिल्लाको उर्लाबारी नगरपालिका ४ का ५० वर्षीय वीरेन्द्र बुढाथोकी र अटोमा सवार झापाका रमेश श्रेष्ठको मृत्यु भएको हो । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् ।

प्रकाशित मिति : २०७७ माघ ५ गते सोमवार
प्रतिक्रिया