संस्कृत विश्व विद्यालयको मुल गेटमा नारावाजी

तुलसीपुर,४ माघ । आयुर्वेद डााक्टर (BAMS) पढ्दै     गरेका विद्यार्थीहरुले कोरोना विशेष अस्पताल हटाउनुपर्ने माग गर्दै नेपाल संस्कृत विश्व विद्यालयको मुल गेटमा नारावाजी गरेका छन् । विद्यार्थीको भविष्यमाथि खेलबाड गर्न पाइदैन, कलेज फिर्ता गर, भन्दै विद्यार्थीहरुले नारावाजी गरेका हुन । नारावाजी गर्दै विश्व विद्यालय प्रवेश गरेका विद्यार्थीहरुले मुख्य गेटमा पुगेर भुँइमा बसेर किताव पढी विरोध जनाएका थिए । कोरोना अस्पताल संचालनमा आएपछि आफुहरुको पठनपाठन प्रभावित भएको भन्दै अस्पताल त्यहाँबाट हटाउनुपर्ने उनिहरुको माग छ ।

ल्याव, मानवअंगहरु र लाइबेरी त्यही कलेजमा भएकाले अन्यत्र सामान्य कोठामा गएर नपढ्ने आयुर्वेद डाक्टर पढ्दै गरेका चौथो व्याजका शिखर पोखरेलले बताए । विश्वविद्यालयले आइतबारदेखि विजौरीमा पढ्ने वातावरण मिलाएको थियो । कोरोना विशेष अस्पतालमा अहिले आईसीयुमा उपचार गरिरहेका बिरामी २ जना छन् ।

यता विश्व विद्यालय प्रशासनले कसैको उस्काहटमा विद्यार्थी लागेको बताएको छ । ‘तीन व्याज छन् । बिजौरीमा पढेर अस्पतालमा आएर प्राक्टीकल गर्न पनि सकिन्छ । अथवा अस्पतालमै तीन वटा कोठामा एप्रोन लगाएर पनि पढ्न सकिन्छ,’ नेपाल संस्कृत विश्व विद्यालयका कुलसचिव माधव अधिकारीले भने–‘ तर यी दुवै कुरा विद्यार्थीहरु मान्न तयार छैनन् । कोरोना विशेष हस्पिटल हटाउनु पर्ने उनिहरुको एकोहोरो माग छ । विश्वविद्यालयले चाहेर त्यो कुरा तत्काल सम्भव छैन ।’

प्रकाशित मिति : २०७७ माघ ४ गते आइतवार
प्रतिक्रिया