दाङमा सवै तहको नतिजा आयो,कुन दलका कति उम्मेदवार विजयी (हेर्नुहोस)

तुलसीपुर,२३ असार ।
दाङका १० वटै स्थानीय तहमा भएको निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ । दुई उपमहानगरपालिका, एक नगरपालिका र सात गाउँपालिकाको मतपरिणाम सार्वजनिक भएको हो । मत परिणाम सार्वजनिक भए सँगै दश तहमा ५ सय २० जना जनप्रतिनिधीहरु निर्वा्चित भएका छन् ।

दश तह मध्य नेकपा एमाले ६, नेपाली कांग्रेस ३ र माओबादी केन्द्रले एक तहमा जित हासिल गरेका छन् । एमालेले ६ तहमा ६ प्रमुख र ४ उपप्रमुखमा विजयी हाँसिल गरेको छ ।

यसैविच दाङमा पाँच सय २० प्रतिनीधि छनौटका लागि भएको निर्वाचनमा सबैभन्दा धेरै नेपाली काँग्रेसले आफ्ना उम्मेदवारहरु विजयी गराएको छ । दोस्रोमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् तेस्रोमा नेकपा माओवादी केन्द्रका उम्मेदवारहरु विजयी भएका छन् ।

नेपाली काँग्रसका तर्फबाट प्रमुख ३, उपप्रमुख ५, वडाध्यक्ष ४२ जना विजयी भएका छन् । यस्तै महिला सदस्य ३७, दलित महिला सदस्य ४० र खुल्ला सदस्य ७६ जना गरी दुई सय ३ जना उम्मेदवार विजयी भएका छन् ।

यस्तै नेकपा एमालेका तर्फबाट प्रमुख ६, उपप्रमुख पदमा ४ र वडाध्यक्षमा ३१ जना विजयी भएका छन् । त्यसैगरी महिला सदस्यमा ३९, दलित महिला सदस्य ३६ र खुल्ला सदस्यमा ७७ जना गरी एक सय ९३ जना विजयी भएका छन् ।

दाङमा नेकपा माआवादी केन्द्रका तर्फबाट प्रमुख १, उपप्रमुख १ र वडाध्यक्षमा २६ जना विजयी भएका छन् । केन्द्रको तर्फबाट महिला सदस्य २३, दलित महिला सदस्यमा २४ र खुल्ला सदस्यमा ४६ जना गरी एक सय २१ जना विजयी भएका छन् ।

यस्तै मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकबाट एक जना महिला सदस्य र एक जना खुल्ला सदस्य गरी २ र स्वतन्त्रबाट एक जना वडाध्यक्ष पदमा विजयी हुनुभएको छ । दाङमा २७ दल दर्ता भएकोमा १६ दलले चुनाव चिन्ह प्राप्त गरेका थिए भने चार वटा दलले आफ्ना उम्मेदवारलाई विजय गराएका छन् ।

प्रकाशित मिति : २०७४ असार २३ गते शुक्रवार
प्रतिक्रिया