जिप दुर्घटना हुदा दुई जनाको मृत्यु ,सात घाईते

दाङ, ४ माघ । बाग्लुङ राजमार्गमा शनिबार साँझ भएको जीप दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।दुर्घटनामा पोखरा महानगरपालिका १० बस्ने ५० वर्षीय प्रकाश पुन र ५२ वर्षीय चित्र पुनको उपचारका क्रममा राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक दीपक केसीले जानकारी दिए ।

प्रकाशको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र चित्रको मणिपाल अस्पतालमा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ ।जीपमा नौ जना रहेकोमा घाइतेको अहिले सहारा अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक केसीले बताए ।

पोखरा २५ हेम्जाबाट पोखराबजारतर्फ आउँदै गरेको बा २ च ७४१० नंको जीप राजमार्गको याम्दीमा सडकमा अनियन्त्रित भएर दुर्घटनामा परेको थियो ।जीप अनियन्त्रित भएपछि सडकबाट अन्दाजी २५ मिटर तल खसेको बताईएको छ । दुर्घटनामा परि घाईते भएका अन्य सात जनाको विभिन्न अस्पतालमा उपचार भईरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७७ माघ ४ गते आइतवार
प्रतिक्रिया