दश नेपालीद्धारा पहिलो पटक सर्वोच शिखर सफल आरोहण

दाङ, ४ माघ । विश्वको दोस्रो सर्वोच शिखर माउण्ट के २ को दश नेपाली पर्वतारोहीले जाडो मौसममा पहिलो पटक सफल आरोहण गरेका छन् । जाडो मौसममा आठ हजार मिटरभन्दा माथिका सबै हिमालको सफल आरोहणको कीर्तिमान कायम भएको भए पनि यसअघि कसैले पनि जाडो मौसममा माउण्ट के २ अरोहण गर्न सकेको थिएनन् ।

सफल आरोहण टोलीमा निर्मल पुर्जा, गिल्जी शेर्पा, मिङ्मा डेभिड शेर्पा, मिग्मा जी, सोना शेर्पा, मिग्मा तेन्जी शेर्पा, पेम छिरी शेर्पा रहेका छन् ।साथै दावा तेम्बा शेर्पा, काली पेम्बा शेर्पा र दावा तेन्जिङ शेर्पा पनि सो आरोहण टोलीमा रहनु भएको सेभेन समिटर्स ट्रेकले जनाएको छ ।

प्रकाशित मिति : २०७७ माघ ४ गते आइतवार
प्रतिक्रिया