दाङ सहित तराई क्षेत्रमा चिसो बढ्यो

दाङ, ४ माघ । दाङ सहित तराई क्षेत्रमा गएराती देखी नै बाक्लो हुस्सु लागेको छ । हुस्सुका कारण चिसो झनै बढेको छ । उत्तरी बङ्गलादेश र आसपासमा बनेको न्यूनचापीय प्रणालीको सामान्य प्रभावका कारण मौसम बद्ली हुदा चिसो झनै बढेको मौसमविद् निराजन सापकोटाले बताए ।

अहिले लुम्बिनी प्रदेश , प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बादल लागेको छ भने तराईमा हुस्सु तथा कुहिरो लागेको छ । मौसम बदलीका कारण दाङ तुलसीपुर सहित तराईमा लागेको बाक्लो हुस्सु दिउँसोपखबाट हट्ने मौसम विदको भनाई छ ।
आज बेलुकी पनि पूर्वका पहाडी क्षेत्रमा बद्ली हुने र भोलि सोमवार बेलुकीपख केही ठाउँमा सामान्य वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानूमान् महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २०७७ माघ ४ गते आइतवार
प्रतिक्रिया