राप्ती नदिमा भेटियाे तीन दिनपछि युवककाे शव

लमही, ३ माघ । तीन दिन अघि राप्ती नदिमा नुहाउने क्रममा वेपत्ता भएका एक युवकको शव गोताखोरको टोलीले फेला परेको छ । राजपुर गाउँपालिका-२ गैरा गाउँ निवासी २४ बर्षिय प्रदिप चौधरी नुहाउने क्रममा माघ १ गते वेपत्ता भएका थिए ।

सशस्त्र प्रहरी बलको सम्शेरगञ्ज बाट आएको गोताखोरको टोलीले नदिमा शव डुबेको अवस्थामा फेल पारेको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख राजकुमार भट्टले जानकारी दिए । शवलाइ पोष्टमार्टमको लागि लमही अस्पताल ल्याइएको छ ।

प्रकाशित मिति : २०७७ माघ ३ गते शनिवार
प्रतिक्रिया