न्यायाधीश सँग नभेटेको प्रधानमन्त्री ओलीको दावी

काठमाण्डौ ३ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायाधीशहरुसँग कहिल्यै नभेटेको दावी गरेका छन् । काठमाडौँमा शनिवार आयोजित प्रदेश १ का आफ्नो समूहका नेता कार्यकर्ताको भेलालाई संवोधन गर्दै उनले न्यायालय र न्याय प्रणालीमाथि विश्वास घटाउन षड्यन्त्र गरिएको टिप्पणी गरे । प्रधानमन्त्रीले केही न्यायाधीश भेटेको भनेर हल्ला चलाइएकोमा आपत्ति जनाउँदै उनले न्यायाधीशलाई नभेटेको उल्लेख गर्दै

सपना प्रधानमल्ललाई न्यायाधीश हुनुभन्दा अगाडि सार्वजनिक कार्यक्रममा देखेको गरेका थिए । नकेपाको ओली समूहका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले प्रचण्ड–नेपाल समूहले निर्वाचन आयोगलाई काम रोक्न दबाब दिएर गैरजिम्मेवार अराजनीतिक कार्य गरेको बताए । प्रधानमन्त्री ओलीले निर्वाचन सामनागर्न प्रचण्ड–नेपाल समूहलाई चुनौतीदिँदै आफूहरूले अझैँ पनिअध्यक्ष, वरिष्ठ नेताको पद कायमै राखेकोले बैठकमा आउन पनि आग्रह गरे ।

प्रकाशित मिति : २०७७ माघ ३ गते शनिवार
प्रतिक्रिया