बालापुरमा गुडिरहेको मोटरसाईकल पल्टिदा चालक घाइते

फाइल फाेटाे

तुलसीपुर, २९ मंसीर / तुलसीपुरको बालापुरमा अनियन्त्रीत भएर मोटरसाईकल पल्टिदा एक जना घाइते भएका छन् । घाइते हुनेमा मोटरसाईकल चालक तुलसीपुर–१० गाेलाैरी निबासी ३४ बर्षका गनेस चौधरी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । चालकले मादकपदार्थ सेवन गरेका कारण बागरबाट तुलसीपुर जाँदै गरेको रा३प२४२४ नम्बरको मोटरसाईकल तुलसीपुर–२ बालापुरमा अनियन्त्रीत भएर पल्टिएको प्रहरी निरीक्षक भलक प्रसाद शर्माले जानकारी दिए ।

प्रकाशित मिति : २०७७ पुष २९ गते बुधवार
प्रतिक्रिया