दंगीशरणमा नागरीक आरोग्य सेवा केन्द्र स्थापना, अध्यक्ष चौधरीद्धारा उद्घाटन

दंगीशरण, २९ पुस ।दंगीशरण गाउापालिकाका अध्यक्ष भागिराम चौधरीले दंगीशरण गाउँपालिकाका नागरीकहरुका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि नागरीक आरोग्य सेवा केन्द्रको स्थापना गरिएको बताएका छन् । हरेक नागरीकबहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै रोगीलाई निरोगी बनाउँने उद्धेश्यले नागरीक आरोग्य सेवा केन्द्रको स्थापना गरिएको बताए । दंगीशरण गाउँपालिका वडा न. ४ बैबाङ्गमा आज बुधवार नागरीक आरोग्य सेवा केन्द्रको उद्घाटन गर्दै अध्यक्ष चौधरीले यस्तो बताएका हुन् । “स्वास्थ्य सेवामा एउटा ईटा थपेका छौँ यसलाई दिर्घकालीन रुपमा लैजानका लागि सबै तहका ब्यक्तित्वहरुको साथ र सहयोग हुनुपर्छ । यो यहाँका नागरीकहरुका लागि खुसीको कुरा हो किनकी जडिबुडिबाट प्रसोधन भएका औषधि सेवन गरेर सधैँका लागि रोगमुक्त हुने कुरा हो ।”– अध्यक्ष चौधरीले भने ।

सो अवसरमा उपाध्यक्ष पिमा कुमारी खड्काले नागरीकहरुको सवास्थ्य मेडिकल औषधि भन्दा पनि आयुर्वेदिक औषधिबाट स्वस्थ हुन सकिने बताईन् । “कोभिड संग लड्नका लागि जडिबुटिबाट बनेका औषधि सेवन गर्नुपरेको छ यसले पनि प्रमाणित गर्छ कि रोग संग जितेर अगाडि बढ्नका लागि आयुर्वेदिक औषधि नै प्रयोग गर्नुपर्छ जस्तो लाग्यो ।”– उपाध्यक्ष खड्काले भनीन् । वडा न. ४ का अध्यक्ष नेव वहादुर कवँरले वडाका नागरीक मात्र नभई सबै पालिका भित्रका नागरीकहरु आरोग्य सेवा केन्द्रबाट सेवा लिन सक्ने बताए । बालबालीका देखी लिएर बृद्धबृद्धाहरुका लागि आयुर्वेद औषधिले फाईदा पुग्ने भन्दै सबैलाई सेवा लिन आग्रह गरे ।

नेपाल आयुर्वेदिक औषधि ब्यवस्थापन संघ लुम्बिनी प्रदेशका अध्यक्ष देव बस्नेतले दंगीशरण गाउापालिकामा ब्यवस्थीत तरिकाले सेवा प्रदान गर्न आग्रह गरे । “सस्ंथा मात्र खोल्नु ठुलो कुरा होईन यसलाई टिकाउानु ठुलो कुरा हो त्यसैले यसलाई अस्पतालका रुपमा अगाडि बढाउँन आवश्यक छ ।”– उनले भने । स्वास्थ्य शाखा प्रमुख दशरथ गिरीले एलोपेथिक औषधि भन्दा पनि आयुर्वेदिक औषधि स्वास्थयका लागि उत्तम रहेकाले दंगीशरणमा यस सेवालाई विस्तार गर्ने योजना अगाडि बढाएको बताए । अव यहाँका नागरिकले दोघरे सम्म धाउँनुपर्ने अवस्था हटेर गएको प्रमुख गिरीले बताए ।

समापन कार्यक्रममा नागरीक आरोगय चिकीत्सालय कार्यालय प्रमुख एंव राप्ती आरोग्य केन्द्र तुलसीपुरका अध्यक्ष मदन कुमार वि.सी.ले संघिय सरकारले निरोगी नेपाल नेपाल अनर्तगत आयुर्वेद सेवालाई देशका २ सय १८ वटा स्थानमा यो सस्ंथा स्थापना भईराखेको र दाङ्ग जिल्लामा राप्ती गाउँपालिका, बबई गाउँपालिका र दंगीशरण गाउँपालिका गरि तीन वटा स्थानीय तहमा नागरीक आरोग्य सेवाको उद्धघाटन गरिएको बताए । थारुहरुको बाहुल्यता रहेको स्थानमा यो सेवा प्रबाह गर्नुपर्छ भन्ने उद्धेश्यले दंगीशरणमा यो सस्ंथाको स्थापना गरिएको बताए । आधारभुत स्वास्थ्य सेवा अन्र्तगत परेकाले नागरीकहरुको स्वास्थ जिवन शैलीका लागि आर्युवेद स्वास्थ्य सेवालाई प्राथमिक्तामा राखेको उनले बताए । सामान्य चेकजाचँ र निशुल्क औषधि विक्री वितरण, जेष्ठ नागरीक स्वास्थ्य प्रवद्र्धन सेवा, स्तनपाई आमालाई दुग्ध वद्र्धक औषधि कार्यक्रम, वाथ दम रोगका बिरामीलाई औषधि उपचार लगाएतका सेवा प्रदान हुने प्रमुख वि.सी.ले जानकारी दिए ।

कार्यक्रममा दंगीशरण नेकपा अध्यक्ष भरत अधिकारी, नेपाली कांग्रेसका सभापती शोभाकर न्योपाने लगाएतले आ–आफनो भनाई राखेका थिए । कार्यक्रममा दंगीशरण गाउापालिकाका लेखा प्रमुख सोमराज डांगी, योजना प्रमुख लेखनाथ आचार्य, विपद व्यवस्थापन शाखाका बालकृष्ण भण्डारी, स्टोर प्रमुख, मस्तविर चौधरी, हेकुली स्वास्थ्य प्रमुख टेकबहादुर खत्री लगाएत बुद्धिजिवी, स्थानीय नागरीकहरुको उपस्थिती रहेको थियो । आज बाट सेवा प्रवाह गरेको नागरीक आरोग्य सेवा केन्द्रमा दुई जना कर्मचारी रहेका छन् । कार्यक्रमको शहजीकरण डा.आस्मा के.सी.ले गरेकि थिईन् ।।

प्रकाशित मिति : २०७७ पुष २९ गते बुधवार
प्रतिक्रिया