कोरोनाको कारण प्रसिद्ध धार्मिक स्थल रिहारबाट तिर्थालु हटाइयो

दाङ, २९ पुस । दाङको लमही नगरपालिका वडा नम्बर ९ रिहार निवासी राजेन्द्रप्रसाद यादवले चटपटे पानीपुरी व्यवसायीको पाँच कुण्टल उसिनेको आलो गाईभैसीलाई दानाकोरुपमा प्रयोग गरेका छन्। दाङको प्रसिद्ध धार्मिक स्थल रिहारमा यसवर्ष मेला नलाग्ने भएपछि मेलाको लागी तयार पारिएका पाँच कुण्टल आलु घरमा रहेको गाईभैसीँलाई दानाकोरुपमा प्रयोग गर्न बाध्य भएको उनी बताउँछन् ।

कोरोना भाइरस (कोभिड १९)को कारण स्थानिय प्रशासनले रिहार धाममा यसवर्ष मेला संचालनमा रोक लगाएको छ । विगतमा जस्तै यस वर्ष पनि मेलालाई लक्षित गदै तयार पारिएको आलु खेर गएको स्थानिय यादवको भनाई छ । उनी भन्छन् रिहार मेला नलाग्ने भएपछि उसिनेको आलु केही घरमा र छरछिमेकमा तरकारीको रुपमा प्रयोग ग¥यौ । सडेगलेको आलु गाईभैसीँलाइ दानाको रुपमा प्रयोग गरेको छु ।

‘रिहार मेला संचालनमा आएको भएको भए खर्च कटाएर करिब पचास हजार आम्दानी गर्ने उनको अपेक्षा थियो । उनी जस्तै अन्य व्यापारीहरु पनि मेलाको तयारीका लागी बन्दोबस्तो गरेका थिए । तर यसपाली मेला नहुने भएपछि उनीहरु निरास छन् । मेलाका लागी भनेर बाहिरी क्षेत्रबाट व्यापार गर्न आएका व्यापारीलाई हटाईएको छ भने भक्तजनहरुलाई पनि भिडभाड नगर्न भनिएको छ ।

कोरोनाका कारण जिल्ला प्रशासन कार्यालय दाङले दाङका कुनैपनि मठ–मन्दिर वा सार्वजनिक स्थानमा मेला संचालन गर्न रोक लगाएको हुदा कहि कतै मेला महोत्सव तथा भिडभाड नगर्न प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले सवैमा अपिल गरेका छन् । सामान्य पुजाआजा बाहेक अन्य मेला तथा भिडभाड गर्न रोक लगाईएको छ । धार्मिक स्थलका रुपमा रिचित रिहारमा पहिलोपटक रिहार मेला रोकिएको छ ।

प्रकाशित मिति : २०७७ पुष २९ गते बुधवार
प्रतिक्रिया