घोराही,२१ असार ।
दाङको घोराही उपमहानगरपालिकाका नवनिर्वाचित मेयर, उपमेयर, वडाध्यक्ष र सदस्यहरुले बुधबार सपथ ग्रहण गरेका छन् । मुख्य निर्वाचन अधिकृत चुरमन खड्काले नवनिर्वाचित मेयर नरुलाल चौधरी र उपमेयर सीता न्यौपानेलाई सपथ ग्रहण गराउनु भएको हो । मेयर चौधरीले वडाध्यक्ष र सदस्यहरुहरुलाई सपथ ग्रहण गराउनु भएको छ ।
सपथ ग्रहणपछि मेयर चौधरीसहित सबै पदाधिकारी घोराहीको सहिद गेटमा पुगरे सहिदहरुको तस्बिरमा माल्र्यापण गर्नुभएको थियो । मंगलबार घोषणा भएको नतिजाअनुसार मेयरमा नेकपा एमालेका नरुलाल चौधरी र उपमेयरमा पनि एमालेका सीता न्यौपाने विजयी हुनुभएको थियो । १९ वडा रहेको घोराही उपमहानगरमा एमालेले १० वडा, काग्रेस ६ र माओवादीले ३ वडा जितेका छन् ।
प्रकाशित मिति : २०७४ असार २१ गते बुधवार