सोमबार थप ४८८ जनामा सङ्क्रमण पुष्टि, १० जनाको मृत्यु

काठमाण्डौ, २७ पुस ।नेपालमा सोमबार थप चार सय ८८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै सङ्क्रमितको सङ्ख्या दुई लाख ६५ हजार दुई सय ६८ पुगेको छ । सोमबारसम्म नेपालमा चार हजार तीन सय ७३ जना सक्रिय सङ्क्रमित छन् । यस्तै दुई सय ३७ जना क्वरेण्टीनमा रहेका छन् ।

यस्तै गएको २४ घण्टामा पाँच सय २७ जना कोरोनामुक्त भएका छन् । योसँगै नेपालमा अहिलेसम्म दुई लाख ५८ हजार नौ सय ६८ जनाले कोरोनालाई जितेका छन् । यस्तै गएको २४ घण्टामा १० जनाको ज्यान गएसँगै कोरोनाको सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या एक हजार नौ सय २७ पुगेको छ ।

प्रकाशित मिति : २०७७ पुष २७ गते सोमवार
प्रतिक्रिया