मातृशिशु स्वास्थ्यका लागी खुत्रुके

तुलसीपुर, २७ पौष । दाङको घोराही उपमहानगरपालिका कार्यालयले मातृशिशु स्वास्थ्यको कार्यविधि बनाएर आमा र बच्चाको स्वास्थ्य सुरक्षामा लगानी गर्न लागेको छ । उपप्रमुख खुत्रुके बचत कार्यक्रमको कार्यविधि बनाई आमा र बच्चाको स्वास्थ्यका लागी लगानी गर्न लागीएको हो ।

गर्भवती भएदेखी नै आबश्यक स्वास्थ्य जाँच, पोषण, खोप लगाएतका आधारभुत स्वास्थ्य सेवालाई सुनिश्चित गदै आमा र बच्चाको स्वास्थ्य सुरक्षाका लागी कार्यविधि बनाउन लागेको हो । उक्त उपप्रमुख खुत्रुके बचत कार्यक्रम कार्यविधिको मस्यौदाको बारेमा आईतवार स्वास्थ्यकर्मी र वडा सचिवहरु बिच छलफल भएको छ ।

आजको युगबोध दैनिकमा खबर प्रकाशित छ ।

प्रकाशित मिति : २०७७ पुष २७ गते सोमवार
प्रतिक्रिया