घोराही उपमहानगरपालिकामा एमाले बिजयी

 तुलसीपुर, १८ असार ।

दाङको घोराही उपमहानगरपालिकामा एमाले बिजय भएको छ ।  एमालेका तर्फबाट उम्मेदवार बनेका नरुलाल चौधरीले निकटतम प्रतिद्वण्द्वी काग्रेसका मेयरका उम्मेदवार भुप बहादुर डाँगीलाई  ४ हजार पाँच सय ४६ मतान्तरले पछि पार्दै बिजयी हाँसिल गरेका हुन् ।

चौधरीले  २२ हजार ३० मत प्राप्त गरेका छन्, भने प्रतिद्वण्द्वी डाँगीले १७ हजार ४ सय ८४ मत प्राप्त गरेका छन् । त्यस्तै उपमेयरमा पनि एमालेकी सीता न्यौपानले २० हजार ७ सय ९२ मत प्राप्त गरेर बिजयी हाँसिल गरेकी छिन्, भने उनका निकटतम प्रतिद्वण्द्वी काग्रेसकी पुष्पा श्रेष्ठले १७ हजार ६ सय ३ मत प्राप्त गरेकी छिन् ।

त्यस्तै माओवादी केन्द्रका मेयरका उम्मेदवार जीवन गौतमले  १२ हजार ८२ मत प्राप्त गरेका छन्, भने उपमेयर सीता शर्माले १२ हजार ८ सय २४ मत प्राप्त गरेकी छिन् ।

प्रकाशित मिति : २०७४ असार १९ गते सोमवार
प्रतिक्रिया