काँग्रेसको ईलाकामा एमालेको जित

तुलसीपुर,१९ असार ।
काँग्रेसको किल्ला मानिने दँगिशरण गाउपालीमा एमालेले जित हात पारेको छ । काँग्रेस नेता दिपक गिरीको क्षेत्रमा काँगैस वलियो मानीन्छ । तर यस पटकको स्थानिय तहको निर्वाचनले दँगिशरण एमालेमय भएकोे छ । दंगिशरण गाउँपालिकामा नेकपा एमालेका उम्मेद्धार भागीराम चौधरीले ३ हजार १ सय ६१ मत ल्याएर अध्यक्षमा विजयी हुनु भएको छ ।

यस्तै उपाध्यक्षमा कांग्रेसका उम्मेदवार पिमा खड्का ३ हजार ६७ मत ल्याएर विजयी हुनु भएको हो । यस्तै तुलसीपुरर ६ पनि काँग्रेसको बलियो वडा हो । तर त्यहापनि काँ्रेसले विजय हासिल गर्न सकेन । नेता डिल्ली बहादुर चौधरी,गरीवि निवाराण्का नहकुल केसी र केशव आचार्यको ठाउमा पनि एमाले विजयी भएको छ ।

गौलौरा,रजौरा,बरुवागाउ र डुम्रिगाउमा काँग्रेसले एकछत्र राज गर्दै आएको थियो । तर त्यहा पनि काँग्रेसले विजयी गुमाएको छ । वडामा महिला तथा बालबालिकाका क्षेत्रमा काम गर्दै आएका नवराज लामिछाने,यूवा करारा,दुजमान भण्डारी लगायतका ब्यक्तिलाई उम्मेदवार बनाएको थियो । वडामा एमालेको पुरै प्यानल विजयी भएको छ ।

प्रकाशित मिति : २०७४ असार १९ गते सोमवार
प्रतिक्रिया