नारायणपुरमा एम्बुलेन्सको ठक्करबाट तुलसीपुरका पोख्रेलको मृत्यु

तुलसीपुर, २१ पुस ।  दाङको नारायणपुरमा एम्बुलेन्सले स्कुटीलाई ठक्कर दिदा एकजनाको मृत्यु भएको छ । रा १ झ १००२ नम्बरको एम्बुलेन्सले रा ४ प १५६६ नम्बरको स्कुटीलाई दिउसो २ बजे ठक्कर दिदा स्कुटी चालक साविक तुलसीपुर उपमहानगरपालिका–८ शान्तिदिप बोर्डीङ स्कुल नजिकै घरभई हाल घोराहि उपमहानगरपालिका १० नारायणपुर बस्दै आएका ६८ वर्षका टोपेन्द्र पोख्रेलको उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।

एम्बुलेन्सको ठक्करबाट गम्भिर घाइते भएका पोख्रेलको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा साढे दुई बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी सुमित खड्काले जानकारी दिए । लमहीबाट तुलसीपुर जाँदै गरेको एम्बुलेन्सले पोख्रेललाई घरनजिकै सडकमा ठक्कर दिएको थियो । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७७ पुष २१ गते मङ्गलवार
प्रतिक्रिया