राप्ती लाईफ केयरमा लिंग भाँच्चिएको सफल अपरेशन

तुलसीपुर, १५ पुस । दाङको तुलसीपुर स्थित राप्ती लाईफ केयर हस्पिटल प्रालिमा लिंगको सफल अपरेशन भएको छ । अस्पतालका निर्देशक जीवन भण्डारीका अनुसार बुधबार अस्पतालमा भर्ना भएका तुलसीपुरका एक ब्यक्तीको लिंगको सफल अपरेशन गरिएको हो । डा. सुशिल खनिँया, डा.रुपेश महत्तोसहितको टोलीले भाच्चिएको लिंगको अपरेशन गरेका हुन् ।

चरित्रमाथि दाग नलागोस्, भनी गोपनियताको हकको प्रयोग गर्दै ति ब्यक्तिको नाम र पूरा ठेगाना गोप्य राखिएको छ । हस्पिटलमा साबिक राप्तीसहित बिभिन्न जिल्लाबाट विरामीहरु बिशेषज्ञ सेवा लिन आउने गरेका छन् । यस अघि पनि तुलसीपुरकाे एक हस्पिटलमा भाचिएकाे  लिंगकाे अप्रेशन गरिएकाे थियाे ।

प्रकाशित मिति : २०७७ पुष १५ गते बुधवार
प्रतिक्रिया