उद्योग बाणिज्य संघको नेतृत्व सर्वसम्मत चयन गर्ने प्रयासमा छौ : भुसाल

तुलसीपुर, १३ पुष । उद्योग बाणिज्य संघको आगामी कार्यकालका लागी यहि पौष २० गते निर्वाचन हुदैछ । संघको १६ औँ साधारण सभाले नयाँ नेतृत्व चयन गर्नेछ । निर्वाचन मिति नजिकीदै गर्दा नेतृत्व भने सर्वसम्मत चयन गर्ने प्रयास गरिएको छ । सोहि अनुसार दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष नारायण प्रसाद भुसालले आगामी कार्यकालको नेतृत्व सर्वसम्मत चयन गर्ने प्रयासमा आफुहरु जुटेको बताएका छन् । संघको अध्यक्ष र कोषाध्यक्ष बाहेक अन्य पदाधिकारीमा निर्विरोध निर्वाचित हुने निश्चित छ ।

निर्वाचन तालिका अनुसार दुई वटा पद बाहेक अन्य पदका लागी एकल उम्मेदवार परेको हुदा कुनै समस्या नआएमा उनीहरुलाई निर्वाचित भएको औपचारिक घोषणा गर्न बाँकी मात्रै रहेको छ । नेतृत्वको लागी पनि सर्वसम्मत हुने अनुमान गरिएको छ अध्यक्ष भुसालले भने किन भने अध्यक्ष पदमा उम्मेदवारी दिएका प्रजातान्त्रिक प्यानलबाटै असन्तुष्ट रहेका व्यक्तिले नै स्वतन्त्र रुपमा अध्यक्ष पदमा उम्मेदवारी दिनु भएको छ ,त्यसकारण उहालाई सहमतीमा ल्याउने प्रर्यत्नमा हामी उद्योगी व्यापारी र राजनितिक दलहरु छलफलमै जुटेका छौ ।

उद्योग बाणिज्य संघमा २१ जना कार्यसमिति मध्ये एक जनालाई मनोनित गर्ने २० जनालाई निर्वाचन प्रक्रियाबाट चुन्ने गरिन्छ । ती मध्ये १८ जना सर्वसम्मत चयन भएका छन् । अध्यक्ष र कोषाध्यक्ष पदमा पनि सके सम्म सर्वसम्मत चयन गर्ने प्रयासमा आफुहरु लागी परेको उनको भनाई छ ।निर्वाचन तालिका अनुसार भोली (मंगलवार) सम्म उम्मेदवारी फिर्ता लिन सकिने छ । सहमतीबाट एक जनाको उम्मेदवारी फिर्ता लिने आँकलन गरिएको छ । उद्योग बाणिज्य संघका अहिले जिल्लाभर झन्डै आठ हजार साधारण सदस्य रहेका छन् ।

प्रकाशित मिति : २०७७ पुष १३ गते सोमवार
प्रतिक्रिया