दाङ उद्योग बाणिज्य संघको अध्यक्षमा दुई जनाको उम्मेदवारी

तुलसीपुर, १३ पुष । दाङ जिल्ला उद्योग बाणिज्य संघको आगामी नेतृत्वका लागी अध्यक्ष पदमा दुई जनाको उम्मेदवारी परेको छ । निर्वाचन समितिका अनुसार अध्यक्षमा बसन्त जोसी र टंकसिंह बुढाथोकीले आफनो मनोनयन दर्ता गराएका छन् ।

यस्तैगरी संघको बरिष्ठ उपाध्यक्षमा नरेश कार्की, उद्योग उपाध्यक्षमा अनिल आचार्य, बाणिज्य उपाध्यक्षमा रामप्रसाद पोख्रेल, महासचिवमा महेन्द्र बुढाथोकी र सचिवमा नरेश कुमार श्रेष्ठको एकल उम्मेदवारी परेको निर्वाचन संयोजक शिव प्रसाद घिमिरेले जानकारी दिएका छन् ।

उनका अनुसार निर्वाचन समय तालिका अवधीमा उनीहरुको एकल उम्मेदवारी परेकाले निर्विरोध निर्वाचित भएको घोषणा गर्न बाँकी रहेको छ । यस्तैगरी कोषाध्यक्षमा दुई जनाको उम्मेदवारी परेको छ ।

जसमा धनपति शर्मा र सुशिल पोख्रेलले मनोनयन दर्ता गराएका छन् । निर्वाचन संयोजक घिमिरेका अनुसार अध्यक्ष र कोषाध्यक्षमा दुई÷दुई जनाको उम्मेदवारी परेकाले उनीहरु मध्ये कसैले पनि मनोनयन फिर्ता नलिएमा दुई पदका लागी निर्वाचन हुने आँकलन गरिएको छ ।

प्रकाशित मिति : २०७७ पुष १३ गते सोमवार
प्रतिक्रिया