मौन अवधिमा पनि काँग्रेस प्रचारमा ब्यस्त,पैसा दिने आश्वासन

तुलसीपुर,१३ असार ।
तुलसीपुरमा काँग्रेसका मेयरका उम्मेदवार गेहेन्द्र गिरी मौन अवधिको उल्लघन गर्दै चुनावि प्रचारमा हिडेको पाईएको छ । तुलसीपुर ११ चपुवाडाडामा सिद्धेश्वरी महिला बचत तथा ऋण सहकारी सस्थाको नाम बाट हुन लागेको कार्यक्रममा सहभागि हुन पुग्नुभएको पाईएको छ । कार्यक्रममा काँग्रेसका वडा अध्यक्ष पदका उम्मेदवार चित्र बहादुर वली,शुस्मा गिरी लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमबारे जानकारी पाएपछि एमाले कार्यक्रता त्यहा पुग्दा मेयर गिरी सहितका नेताहरु फर्किनुका साथै कार्यक्रम नै बिथोलिएको छ । स्थानिय महिलाहरु लाई एक घर बाट एक महिला अनिवार्य उपस्थित हुने र अनुपिस्थत भए एक सय रुपैया जरीवाना तिर्नुपर्ने उर्दि जारी गरीएको थियो । कार्यक्रममा घुसपैठ हुन सक्ने भन्दै एमालेका कार्यक्रता त्यहा पुगेका थिए ।

यसैविच गयराति नेपाली काँग्रेसले सोहि वडाको नवलपुरमा पैसा दिने आश्वासन दिएको स्थानीयले बताएका छन । वडामा साँसद डिल्ली बहादुर चौधरी र स्थानिय होम प्रकाश गौतमलले एक लाख पचास हजार रुपैया दिने आफुलाई आश्वासन दिएको नाम नवताउने सर्तमा स्थानीयले बताएका छन ।।

प्रकाशित मिति : २०७४ असार १३ गते मङ्गलवार
प्रतिक्रिया