एमाले दाङको चुनावी अभियान राति ११ बजे देखि सकिदै

 

तुलसीपुर, ११ असाढ
नेकपा एमाले जिल्ला कमिटी दाङले सम्पुर्ण चुनावी प्रचार प्रसारको कार्य आज राति ११ बजे देखि समाप्त हुने बताएको छ । राष्ट्रिय स्वाभीमान र समृद्धिका लागि सुर्यमा मतदान, मुस्कान सहतिको चुनावी अभियान भन्ने नारा सहित एमाले जिल्ला कमिटी दाङले गएको बैशाख पहिलो हप्ता देखि दाङमा प्रचार अभियान सुरु गरेको थियो ।

एमाले दाङका अध्यक्ष टिकाराम खड्का र सचिव हिराचन्द्र केसीले आज एक प्रेस विज्ञेप्ती जारी गरेर पार्टीले बैशाख ४ गते देखि सुरु गरेको सवै प्रकारको चुनावी प्रचार प्रसार अभियानको सम्पुर्ण कार्य राति ११ बजे देखि सकिने बताएका हुन् । एमालेका चुनावीसभा, बैठक, भेला, टोल कमिटी लगाएतका विभिन्न कममा लाग्ने सहभागी हुने र सहयोग पुरयाउने पार्टीका कार्यकर्ता, नेता, शुभचिन्तक र जनतालाई धन्यवाद दिन्छौ विज्ञप्तीमा भनिएको छ । त्यसैगरी विज्ञप्तीमा समृद्ध दाङ निर्माणका लागि सुर्यमा मतदान गर्न पनि आग्रह गरिएको छ । प्रचार प्रसारको समय आज राती १२ बजे देखि सकिदै छ । निर्वाचनको ४८ घण्टा अघिको समयलाई मौन अवधि मानिन्छ । यो अवधिमा कुनै पनि दलले चुनावी प्रचारप्रसार गर्न पाउँदैनन र गरिएमा दण्डनिय मान्छि ।

प्रकाशित मिति : २०७४ असार ११ गते आइतवार
प्रतिक्रिया