थारुभाषालाई सरकारी कामकाजको भाषा बनाउनुपर्छ

तुलसीपुर, १० असाढ

नेकपा एमाले तुलसीपुर उप महानगरपालिका १२ को चुनावीसभा कचेलीमा गएराति सम्पन्न भएको छ । चुनावीलाई सम्बोधन गदै मेयरका उमेदवार घनश्याम पाण्डेले थारुभाषालाई सरकारी कामकाजको भाषा बनाउनु पर्नेमा जोड दिनुभएको छ । थारुजाति दाङको भूमिपुत्र भएकाले थारु भाषालाई सरकारी कामकाजको भाषा बनाउनु पर्ने बताउनुभयो ।
सो अवसरमा वडा अध्यक्षका उमेदवार श्याम डाँगी, छवि चौधरी, टिका विक, शान्ता पुन, मानबहादुर केसी लगाएतले चुनावी सभालाई सम्बोधन गर्नु भएको थियो । चुनावीसभामा विभिन्न नृत्य पनि प्रस्तुत गरिएको थियो । यसै गरी गएराती नै तुलसीपुर उपमहानगरपालिका ८ कटकुईयाँमा चुनावीसभा सम्पन्न भएको छ । सभालाई एमाले दाङका जिल्ला सचिव हिराचन्द्र केसी, मेयरका उमेदवार घनश्याम पाण्डे, उपमेयरका उमेदवार माया आचार्य, वडा अध्यक्षका उमेदवार मेघराज भुसाल लगाएतले बोल्नु भएको थियो ।

 

प्रकाशित मिति : २०७४ असार १० गते शनिवार
प्रतिक्रिया