सवै दलका उमेदवार एउटै मञ्चमा ,, जनता सामु आ–आफना प्रतिवद्धता

तुलसीपुर, ९ तुलसीपुर,
विभिन्न राजनीतिक दलको तर्फबाट तुलसीपुर उप महानगरपालिमा मेयरका उमेदवारहरुले निर्वाचित भएपछि गर्ने विभिन्न कामका योजनहरु अघि सारेका छन् । राष्ट्रिय मानव अधिकार प्रतिष्ठान तथा नियोक दाङको संयुक्त आयोजनामा तुलसीपुरमा भएको ककस कार्यक्रममा बोल्दै मेयरका उमेदवारहरुले जनतासामु आफना चुनावी एजेण्डा अघि सारेका हुन । कार्यक्रममा एमालेको तर्फबाट मेयरका उमेदवार घनश्याम पाण्डेले निर्वाचीत भएपछि जेष्ठ नागरिक र सुत्केरीलाई आगामी २०७५ साल साउन महिना देखि पाँच ÷ पाँच हजार भत्ता प्रदान गर्ने बताउनु भयो ।
नेपालकै नमुना हरियाली समृद्ध तुलसीपुर बनाउने सपना भएको बताउदै उमेदवार पाण्डेले जनताको शिर निहुरीने काम नगर्ने बताउनुभयो । त्यसैगरी कार्यक्रममा माओवादी केन्द्रबाट मेयरका उमेदवार शेषुराम भण्डारीले कांगे्रसले विगतमा गर्न नसकेको काम गरेर देखाई दिने बताउनु भयो । यो देशको शासन सत्तामा धेरै लामो समय सम्म रहेको कांग्रेसले जनता सामु गरेका प्रतिवद्धता पुरा गर्न नसकेको गुनासो स्वयम जनताबाट नै आएकाले अबको जित्ने पालो माओवादी केन्द्रको भएको बताउनु भयो ।

सो अवसरमा कांग्रेसबाट मेयरका उमेदवार गेहेन्द्र गिरीले समय नदिएको भन्दै आयोजक पक्षले दुःख व्यक्त गरेको थियो । बौद्धिक जमात भएको ठाउँमा समय नदिएर प्रचारलाई महत्व ठानेको भन्दै आयोजक संस्थाकाका अध्यक्ष विनोद कुमार श्रेष्ठले दुःख व्यक्त गर्नु भयो ।

त्यसैगरी कार्यक्रमा राष्ट्रिय जनमोर्चाका मेयरका उमेदवार शुक्रराज भण्डारी, नयाँशक्ति पार्टीका मेयरका उमेदवार जीवन भण्डारी, स्वतन्त्रको तर्फबाट मेयरका उमेदवार इश्वरीप्रसाद गैरे, हंसराज केसी, नेपाली कांग्रेसबाट उपमेयरका उम्मेदवार देविका नेपाली, एमालेका उपमेयरका उमेदवार माया आचार्य, माओवादी केन्द्रका उपमेयरका उमेदवार सीता वली, राष्ट्रिय जनमोर्चाका उपमेयरका उमेदवार कमला जिसी, नयाँ शक्तिका पार्टीबाट मेयरका उमेदवार शान्ति रिजाल, जनमुक्ति पार्टीका उपमेयरका उम्मेदवार लीला पुन लगाएतले बोल्नु भएको थियो । प्रतिष्ठनका अध्यक्ष विनोदकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको संचालन टेकनप्रसद कडेलले गर्नु भएको थियो ।।

प्रकाशित मिति : २०७४ असार ९ गते शुक्रवार
प्रतिक्रिया