तुलसीपुर, ९ असार ।
नेपाली कांग्रेस तुलसीपुर उपमहानगरपालिका का मेयर पदका उम्मेद्धार गेहेन्द्र गिरीले आज पत्रकार सम्मेलनको आयोजना गरी औपचारिक रुपमा आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन । नेपाल प्रेस युनियन दाङको आयोजनामा पत्रकार सम्मेलन भएको थियो । नेपाली कांग्रेसको प्रतिवद्धतामा विभिन्न महत्वपूर्ण विकासे योजना देखि लिएर शिक्षा,स्वास्थ्य,खेलकुद,रोजगार,पर्यटन,वातावरण,यातायात,सिचाई, उद्योग लगायतका क्षेत्रमा महत्वपूर्ण काम गरिने उल्लेख गरिएको छ ।
यस्तै अपागं, पिछडिएको क्षेत्र, ज्येष्ठ नागरिक, सिमान्तकृत वर्ग लगायतको भावनालाई बुझेर उनिहरुलाई राज्यले वितरण गर्ने सेवा सुविधा बाट बन्चित नगरिने र राज्यको मूलधारमा समावेश गरिने उल्लेख गरिएको छ । यस्तै उनले प्रतिवद्धता पत्र सार्वजनिक गर्दै युवाहरु देशका कर्णधार भएको र थुप्रै युवाहरु देशको परिस्थितीबाट चिन्तीत भएकाले उनीहरुको मनोवल बढाउन र सिर्जनशिल क्षमताको विकास गरी उनीहरुको लागि रोजगारीको सिर्जना गरी सबैलाई सक्षम र क्षमतावाण बनाउन प्रयास गरिने पनि उनले बताए ।
देशको पूर्वाधार निर्माण, आर्थिक, सामाजिक, शैक्षिक सबै क्षेत्रको विकास कांग्रेसले नै गरेको उनले दाबी गरे । नेपा प्रेस युनियन दाङका अध्यक्ष सुशिल बस्नेतको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा उपमेयर कि उम्मेद्धार देविका नेपालीले नेपाली कांगे्रसमात्रै विकास प्रेमी पार्टि भएकाले आउदै गरेको स्थानिय तहको निर्वाचनमा केहि नसोचि रुख चिन्हमा ढुक्क भई मतदान गरी कांगे्रसलाई जिताउन आग्रह गरे।
नेपाल प्रेस युनियन दाङ का सहसचिव वालाराम खड्काको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण कोषाध्यक्ष शरद रेग्मीले गरेका थिए ।