बैठकअघि बालुवाटार र खुमलटारमा छलफल

काठमाडौं, २० मसिंर। आज सत्तारुढ दल (नेकपा) सचिवालय बैठक बस्दैछ । बुधबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएपछि तीन दिन स्थगित गरेर आज उनीसहित सहभागी हुनेगरी बैठक राखिएको हो ।

दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा दुवै अध्यक्षका प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ । यसैबीच तीन दिनको बीचमा अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डबीच संवादको प्रयास भएपनि सफल हुन सकेन ।

आजको बैठकमा कसरी प्रस्तुत हुने भनेर दुवै पक्ष (खुमलटार र बालुवाटार) आन्तरिक छलफलमा जुटेका छन् । बैठकअघि ओली पक्ष बालुवाटार र प्रचण्ड–माधव नेपाल पक्षका नेताहरु खुमलटारमा आन्तरिक छलफलमा जुटेका हुन् ।

 

प्रकाशित मिति : २०७७ मङ्सिर २० गते शनिवार
प्रतिक्रिया