आफुले आफुलाई कम्जोर नठानौ : प्रमुख पाण्डे

तुलसीपुर, १८ मंसीर / तुलसीपुर उपमहानरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेले आफुलाई कम्जोर नठान्न् आग्रह गरेका छन् । आफुले आफुलाई कम्जोर ठान्दा दुनियाले पनि कम्जोर ठान्ने भएकाले साहासी पूर्वक आफुलाई उभ्याउन प्रमखु पाण्डेले सबैलाई आग्रह गरे ।

मानव अधिकार तथा शान्ति समाज दाङ शाखाले अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा तुलसीपुरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै नगर प्रमुख पाण्डेले हामी भित्र अत्यन्तै ठूलो क्षेमता र संभाना भएपनि आफुले आफुलाई चिन्न नसकेको गुनासो गरे ।

‘हामी भित्र अत्यन्तै ठूलो क्षेमता र सम्भावना छ । तर हामीले हामी भित्रको क्षेमता देख्दैनौ अर्काको क्षेमता देखेर आरिस गछौ,’ पाण्डेले भने –‘त्यो मानविय स्वभाव पनि हो । तर म को हुँ । म भित्र के क्षेमता छ भन्ने कुराको अपाङ्ग र सपाङ्गले पनि खोजी गरौ ।’

हातुखट्टा चल्दैमा, आँखा देख्दैमा र कान सुन्दैमा त्यो जीवन नहुने भन्दै जीवन त आफु भित्रको क्षेमतालाई उजार गर्नु भएको नगरप्रमुख पाण्डेले बताए ।  सो अवसरमा शारीरिक अपाङ्ग रोषन गिरीलाई समान समेत गरिएको थियो ।

समाजका उपसभापति तुलसीराम सुनारको अध्यक्षतामा भएको कार्यक्रममा शान्ती समाजका केन्द्रीय महासचिव सुशील बस्नेत, दाङ शाखा पुर्ब सभापति सुरेश श्रेष्ठ , शान्ति समाज सल्यानका पूर्व सभापति शिबशंकर गिरी,अपाङताको तर्फबाट तिलसरा पुन, यज्ञ बिक, रजनी शाह, हुमाकन्त कँडेल, पत्रकार गोपाल शर्मा भट्टराई लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य सहसचिव उषा गौतम र सहजीकरण सचिब निर्मला योगीले गरेकी थिइन् ।

प्रकाशित मिति : २०७७ मङ्सिर १८ गते बिहिवार
प्रतिक्रिया