समतामुलक समाज निमार्णमा हातेमालो गरौं : उपसभामुख

तुलसीपु, १६ मंसिर । लैगिक समता मुलक समाज निमार्णका लागि सबै पक्षको सहकार्य हुनु पर्नेमा एक कार्यक्रममा सहभागिहरुले जोड दिएका छन् । सबै पक्षको सहकार्य भएमा सबै वर्ग समुदायको पहिचान कायम रहने समाज निमार्ण हुने उनिहरुको भनाई रहेको छ । हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा संवाद समुह सचिवालय दाङले आयोजना गरेको लैङिगक नीति र कार्यान्वयनको अबस्थामा विषयक भर्चुवल संवाद कार्यक्रममा लुम्बिनी प्रदेशका सरोकारवालाहरुले यस्तो धारण राखेका हुन् ।

लुम्बिनी प्रदेशमा लैङिगक नीति र कार्यान्वयनको अबस्थामावारेमा चर्चा गर्दै उनिहरुले आगामी दिनमा यसलाई अझै व्यवस्थीत गर्दै लैजाने प्रतिवद्धता समेत जाहेर गरेका छन् ।  लुम्बिनी प्रदेशका उपसभामुख कृष्णी थारुले लैंगिक रुपमा हुने विभेदको पुर्ण गर्नका लागि कानुन निमार्ण र त्यसको प्रभावकारी कार्यान्वयनको पक्ष महत्वपुर्ण भएको बताइन । लैगिक सवालमा आफुहरु निकै संवेदनशिल भएको भन्दै यसलाई सबैले आफ्नै सवाल ठानेर हेरिदिनु पर्ने उनकाे जाेड छ ।

सो अवसरमा प्रदेश सभाका सदस्य द्धोय रमा अर्याल, दिपा विक , समाजिक विकास मन्त्रालयका समाजिक माहाशाखा प्रमुख शारदा वेल्वासे लगाएतले बाेलकाे थिए भने स्थानि तहका जनप्रतिनिहिरु, सरकारी कार्यालयका प्रतिनिधिहरु, अधिकारकर्मीहरु, महिला वालवालिका, शारिरिक रुपमा अशक्त, तेस्रो लिंगि समुदाय लगायतका लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रम संवाद समुह संचिवालयका वरिष्ठ सहजकर्ता सुशील बस्नेतको संचालन गरेका थिए ।

प्रकाशित मिति : २०७७ मङ्सिर १७ गते बुधवार
प्रतिक्रिया